बिहिबार, चैत्र १५, २०८०

निर्वाचनमा उम्मेदवारलाइ सघाउँन कांग्रेस केन्द्रीय नेताहरु चुनावी मैदानमा

काठमाडौ आषाढ ६ , नेपाली कांग्रेसले स्थानीय तह अन्र्तगतको दौस्रो चरणको निर्वाचनलाइ दृष्टिगत गर्दै सोमवार बसेको निर्वाचन परिचालन समितिको बैठकले REPRESENTATIVESनिर्वाचन हुँने ३५ जिल्लामा केन्द्रीय नेताहरुलाई स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।
प्रस्तुत निर्णय अनुसार बिराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई खटाइएकोे छ भने प्रकाशमान सिंहलाई संखुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया मोहन बहादुर बस्नेत  धनकुटा,  कमला पन्त अर्घाखाँची,  तेजुलाल चौधरी उदयपुर, रोमी गौचन नवलपरासी र गगन थापालाई दार्चुलामा खटाइएको जनाएको छ ।  त्यस्तै बैठकले रामशरण महतलाइ झापा , राजेन्द्र कुमार केसीलाइ खोटाङ , अर्जुन प्रसाद जोशीलाइ पाँचथर , जगदिश्वरनररिंह केसीलाइ तेह्रथुम , सुरेन्द्र पाण्डे  दाङ, प्रदिप पौडेल बझाङ, उदयशम्शेर राणा रोल्पा , धनराज गुरुङ कपिलवस्तु  चन्द्र महर्जन डोटी र भिमसेनदास प्रधानलाइ ताप्लेजुङ खटाइएको छ।