शनिबार, बैशाख १५, २०८१

परिषदद्दारा नवनिर्वाचित पदाधिकारीको स्वागत, कार्यकारी निर्देशक घिसिङ्ग सम्मानित

काठमाडौ आषाढ ५, ठमेल पर्यटन विकास परिषदद्दारा समग्र ठमेल क्षेत्रको विकासका लागि निर्वाचित स्थानिय सरकार र पर्यटन प्रवद्र्धन” विषयक अन्तरक्रिया19225159_457476881286717_794655569861441085_n19275012_457476461286759_2480750910718213258_n कार्यक्रमको आयोजना गरेको छ ।  परिषदका अध्यक्ष समिर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गत बैशाख ३१ गते सम्मपन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट काठमाडौं महानगरपालिका नव निर्वाचित मेयर विद्यासुन्दर शाक्य , उप मेयर हरीप्रभा खड्की श्रेष्ठ एवम् स्थानीय वडा नं १६,१७,२६,२७ का वडा अध्यक्षको स्वागतसंगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ठमेल पर्यटन प्रवद्र्धनको आधारस्तम्भ भएको जनाउ दिदै आफ्नो कार्यकालमा यस क्षेत्रको विकासकलागि यथासंभवसहयोग गर्ने बताउँनु भएको थियो ।

त्यस्तै उपमेयर हरीप्रभा खड्की कामपा वडा न १६ र २६का वडाध्यक्षद्दय  मुकुन्द रिजाल र खेम तिवारी , पर्यटन विद् कर्ण शाक्य सम्मानित व्यक्तित्व कार्यकारी निर्देशक घिसिङ्ग लगायतका वक्ताले पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको भूमिका र यसको कार्यान्वयनमा पक्षमा जोड दिनु भएको उक्त कार्यक्रममा स्थानीय भद्रभलाद्मी व्यवशायि र विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेका थियो ।