शुक्रबार, बैशाख १४, २०८१

सवारी चालक अनुमति पत्रको परीक्षा अव निर्वाचन पछिमात्रै

काठमाडौं आषाढ ५, वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्रको परीक्षा लिने र परीक्षण अर्थात ट्रायल लिने काम IMG_20170606_165841स्थानीय तहको दोस्रो चरणको निर्वाचन पछि मात्र हुने भएको छ ।

सोका कार्यालयका कर्मचारी र सुरक्षाकर्मी स्थानीय तहको निर्वाचनप्रयोजनार्थ जिल्लामा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यस्तै विभागले विदेशबाट लिएको सवारी चालक अनुमति पत्रको नेपालीकरण गर्ने कार्याधिकार स्वयम्भूस्थित ठूलोभ-याङ, सुकेधारा र जगाती कार्यालयलाई हस्तान्तरण गरिएको  जनाएको छ ।