मङ्लबार, बैशाख ४, २०८१

मंगलबार अन्तिम नामावली प्रकाशन संगै चुनाव चिन्ह वितरण गरिने

काठमाडौं आषाढ ५,  प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित गर्न आगामी आषाढ १४ गते हनुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत आइतवार मनोनयन दर्ता पछि उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।  यसैक्रममा downloadआयोगले आइतवार दर्ता गरेको नोनयन उपर कुनैकिसिमको दाबीविरोध भए आज आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तय गरेको जनाउँदै यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए  दाबीविरोध गर्न सकिने आयोगले जनाएको छ ।

त्यस्तै दावीविरोध प्रक्रियापछि उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको लागि नाम फिर्ता गर्ने देखि ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत वितरण गर्ने भएको छ ।  प्रस्तुत निर्वाचनमार्फत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका गरि एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने गरिने भएको छ ।