शनिबार, बैशाख १५, २०८१

सत्तारुढदल र राजपावीच आज पनि बैठक, माग सम्बोधन नभए चुनाव बहिष्कार गर्दै आन्दोलनको घोषणा गर्ने

निर्वाचन सार्दैगर्दा निम्टिन्न सक्ने गम्भीर संकटका कारण नेताहरु आतंकित

काठमाडौ ज्येष्ठ २८ , राष्ट्रिय जनता पार्टी नेपालले आसन्न आषाढ १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्तारुढ दल एवम्  प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि सिर्जित समस्याका कारण निर्धारित मितिमै निर्वाचन हुँने होकी होइन भन्ने समस्या सिर्जना भएको छ ।

rajapa-and-deuba-and-dahal-768x460सत्तमरुढ दलसंग हुँने वार्तामा राजपाको माग सम्बोधन नभएमा अन्तत राजपाले चुनाव बहिष्कार गर्दै बन्दलगायत आन्दोलनका घोषणा गर्ने यसअघिनै  जनाउ दिदै आएको छ ।

हुनत शनिबार भएको वार्तामा राजपाको मागका सवालमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले माग मिार्थ सम्बोधन गर्न नसक्ने बताएपछि आज फेरि बैठक बस्न लागेको हो ।   आसन्न आषाढ १४ गतेकाको निर्वाचन कुनै हालतमा सर्न नसक्ने बताउँदै गर्दा सिर्जना हुन सक्ने अवस्थाका सवालमा सत्तारुढदलका नेताहरु भने अनभिज्ञ कदापी छैन तर  निर्वाचन सार्दैगर्दा निम्टिन्न सक्ने गम्भीर संकटका कारण नेताहरु आतंकित हुँदै आएको छ ।

यसैवीच शनिवार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको प्रस्ताव निर्वाचनपछि सम्बोधन गरिने जनाउ दिदै पूर्वनिर्धारित आषाढ १४ को लागि प्रस्तावित स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गर्नुभएको थियो । तर राजपाका अध्यक्ष महन्थ ठाकुरले आषाढ १४ को मिति सारी संशोधनमा जान सुझाव दिनुभएको बुझिएको छ। त्यस्तै ठाकुरले राजपाले निर्वाचनमा भाग लेओस भन्ने हो भने  संशोधनको विकल्प नभएको बताउँनु भएको थाहा भएको छ ।  यसैवीच  यदि सरकारले संविधान संशोधनविनै स्थानीय चुनावमा जाने निर्णय लिढेढिपी गर्छभने राजपाले आषाढ १४ गते हुने स्थानीय निर्वाचन क्षेत्रमा दुईदिने बन्दलगायत आन्दोनलका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।