मङ्लबार, बैशाख ११, २०८१

पुनः मतदान गराउने आयोगको निर्णयविरुद्धको मुद्धामा आज सुनवाइ हुँदै

काठमाडौं ज्येष्ठ २८, सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध भरतपुर Court_20150619042154वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको मुद्धामाथि आज सुनुवाई हुँदैछ ।

प्रस्तुत प्रसंगमा निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए भने रिट दायर भएपछि सर्वोच्चले अर्को निर्णय नभएसम्म तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

स्मरण रहोस,  भरतपुरको वडा नम्बर १९ मा मतगणना अन्तिम चरणमा पुगेको बेला माओवादी केन्द्रका प्रतिनिधिले ज्येष्ठ १४ गते मतपत्र च्यातेपछि निर्वाचन आयोगले मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै स्थानीय तहको निर्वाचन ऐन अनुसार सो वडामा पुनः मतदान गर्ने सवालमा गरेको निर्णय गरेको थियो ।