शुक्रबार, चैत्र १६, २०८०

महानिर्देशक शर्मामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

काठमाडौं ज्येष्ठ २७, भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि ६ Captureदिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले पुन म्याद थप गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गत ज्येष्ठ १९ गते पक्राउ गरेका शर्मा विरुद्ध आयोगले शुक्रवार भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न थप म्याद आवश्यक भएको भन्दै निवेदन दर्ता गराएपछि न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले ६ दिनको म्याद थप गरेको हो ।