शनिबार, बैशाख १५, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Petrol dripping from pump at forecourtकाठमाडौ आषाढ ३,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको घटेको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय कायम गरिएको निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य रु १०१.५० र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७.५० रहेको थियो ।