बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं २ अन्र्तगतका क्षेत्रमा आचारसंहिता हटाउने आयोगको निर्णय

downloadकाठमाडौ आषाढ ३,  सरकारले २ नं प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता अर्को व्यवस्था नभए सम्मका लागि हटाइएको छ ।

 शुक्रवार  बसेको  आयोगको बैठकले   आचारसंहिता हटाइएपछि दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमण लगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभए सम्मका लागि हटाइएको आयोगले जनाएको छ । त्यस्तै आगामी आषाढ १४ गते निर्वाचन हुने प्रदेश नं १, ५ र ७ मा भने पूर्ववत् रुपमा आचारसंहिता कायम रहेको आयोगले जनाएको छ ।