शुक्रबार, बैशाख १४, २०८१

आँखा अस्पतालमा प्राथमिक उपचार तालिम

काठमाडौं ज्येष्ठ ३१, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आजदेखि तीनदिने प्राथमिक उपचार तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. दमन बहादुर घलेले यस तालिमले देशका बिभिन्न ग्रामिण भेगमा रहेका जनतालाई सेवा दिन मद्दत पुर्याउने बिश्वास व्यक्त गरे । तालिम health1healthलिएपश्चात सहभागीहरुले पनि देशका अन्य स्थानमा आफैँ पुगेर यस प्रकारको तालिम सञ्चालन गर्न सक्ने खालको जनशक्ति उत्पादन हुने उनले बताए ।

सेन्ट जोन एशोसिएशनले नेपाल आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरेको तालिम असार २ गते सम्पन्न हुने एशोसिएशनका संस्थापक सदस्य तथा प्रशिक्षक डा. अरुण ढुंगानाले बताए । नेपाल जस्तो भौगोलिक बिकटता र प्राकृतिक प्रकोपहरु भुकम्प, बाढी, आगलागी र सडक दुर्घटना लगायतका अन्य घटनाबाट मानिसहरु प्रताणित भएको अवस्थामा उनीहरुलाई कसरी उद्धार गरी समयमै प्राथमिक उपचार गर्न सकिन्छ र मृत्युहुनबाट जोगाउन सकिन्छ भन्ने हेतुले तालिम आयोजना गरिएको डा. ढुंगानाले बताए ।
तालिमकी प्रशिक्षक डा. सबिना श्रेष्ठले यस प्रकारको तालिमले मानिसहरुलाई दुर्घटनाका बेला अकालमा ज्यान जानबाट जोगाउन ठूलो मद्दत पुग्ने बताइन् । जो सुकै इच्छुक व्यक्तिले पनि प्राथमिक उपचार तालिम लिन सक्ने पनि उनले बताइन् । उक्त एशोसिएशनले यसअघि मलेसियासँगको सहकार्यमा प्राथमिक तालिम सञ्चालन गर्दै आएकोमा यस पटकदेखि आफैँले तालिम सञ्चालन गरेको हो । यस तालिममा प्रवेशिका परिक्षा दिएर बसेका विद्यार्थी, बिभिन्न तह र संकायअन्तर्गत अध्ययनरत विद्यार्थी, समाजसेवी मनोभावना भएका महिला तथा पुरुष सहभागि छन् ।