शनिबार, बैशाख १५, २०८१

अव लामो तथा छोटो दूरीका सवारी, इन्टरनेट सुविधा सहित सररर..

काठमाडौ आषाढ १२,  लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा उपलब्ध गराउने योजना अनुरुप नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा  एनटी बस इन्टरनेट सेवा आजबाट सुरु गरेको छ ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार यो सेवा मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा उपलब्ध गराईएको प्रस्तुत सेवामार्फत यात्रुले यात्राका क्रममा वाइफाइमार्फत मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा इन्टरनेट सेवा   प्रयोग गर्न  सकिने र प्रस्तुत सेवा  डब्लुसीडीएमए वा सीडीएमए प्रविधिबाट सञ्चालन हुने भएकाले नेपाल टेलिकमको सीडीएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिने बताउँनु भएको छ ।