बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका निजी विद्यालय बन्द, पठन पाठन प्रभावित

काठमाडौं आषाढ १३, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज schoolकाठमाडौं उपत्यकाका निजी तथा संस्थागत विद्यालय बन्द गराएका छन । विद्यालय बन्दभएसंगै पूर्णरुपमा आज विद्यार्थिको पठन पाठन प्रभावित भएको छ ।

क्रान्तिकारीले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएको र वृद्धि शुल्क फिर्ता नगरेसम्म आफ्नो आन्दोलन जारी रहने बताएको छ । स्मरण रहोस शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत ज्येष्ठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सवालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै उनिहरु फेरि आन्दोलित भएको हो ।