शुक्रबार, चैत्र १६, २०८०

४ बुँदे सहमतिपछि अस्थायी शिक्षकहरुले शुक्रबारबाटअनशन तोडे

काठमाडौ आषाढ १०,  अस्थायी शिक्षकहरुका आठ दिनदेखि जारी अनशन  ४ बुँदे सहमतिपछि  agreement_between_teacher_govशुक्रबारबाट तोडेका छन । आन्दोलित शिक्षक र मन्त्रालयवीच औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि उनिहरुले अनशन तोडेको हो । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ ।

त्यस्तै सम्झौतमा भनिएको छ, ‘सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागि हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐन आठौ संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अनुसारका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउने र  ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म्को रिक्त दरबन्दीको ४९ प्रतिशत आन्तरिक पद कम भएको गुनासो सुनुवाई गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने भएको छ । कार्यदललाई यस विषयको अध्ययन गर्न १५ दिनको समय दिइएको छ ।