शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ दोस्रो चरण अन्र्तगत निर्वाचनको नयाँ कार्यतालिका

काठमाडौं ज्येष्ठ १७,  दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत निर्वाचन आयोगले निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । आगामी अषाढ १४ गते 17jesthapressreleaseबुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरेकोे हो ।

प्रकाशित निर्वाचन कार्यक्रम अनुरुप प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्लामा अषाढ २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, अषाढ ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र अषाढ १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुने आयोगद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।