बिहिबार, बैशाख १३, २०८१

पुनःनिर्माणसम्बन्धी जिज्ञासाका लागि टोल फ्री सेवा

काठमाडौ ज्येष्ठ १८ , राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधवारबाट युक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा निजी Captureआवाससम्बन्धी कुनै गुनासो वा पुनःनिर्माणसम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने लक्ष्य सहित हेल्पलाइन (टोल फ्री) सेवाको सुभारम्भ गरेको छ । प्रस्तुत सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले शुभारम्भ गर्नु भएको हो ।

प्रस्तुत सेवाबाट भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी प्राप्त गर्न चाहेमा प्राधिकरणको हेल्पलाइनमा नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्न सक्ने प्राधिकरणले जनाएको छ । साथै २४ सै घन्टा उपलब्ध हुने यो सेवमा फोन गर्दा आवश्यक जानकारी पाउननुको अलावा सेवाग्राहीले जानकारी वा गुनासो दर्ता गरेको भोलिपल्ट प्रश्नकर्तालाई फोन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।