बिहिबार, चैत्र १५, २०८०

महानगरपालिकामा क्लिन द सिटी अभियान चलाइने

काठमाडौं ज्येष्ठ १७,  गत बैशाख ३१ गते सम्पन्न स्थानीयतहको निर्वाचन मार्फत काठमाडौ महानगरपालिकका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख आज राजधानीमा विधिवत पद तथा गोपनीयताको शपथग्रहण पछि द सिटी को निर्णय गर्दै पदबहाली गरेका छन्।  पदवाहाली पछि बसेको महानगरपालिकाको 18839058_10207137370631770_4937473148963813134_nपहिलो नगरकार्यपालिकाको बसेको पहिलो बैठकले वृद्धभत्ता मासिक १२ हजार  पुर्याउने, र अशक्त ज्येष्ठ नागरिकहरुको   घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने, सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने, सार्वजनिक स्थलमा निस्शुल्क वाईफाई दिने लगायतका निर्णयहरु सहित नेपाली भाषासँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने, बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने त्यस्तै अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको ठहर गर्दै वडाको नयाँ भौतिक संरचना विकास गर्ने जस्ता महत्वपूर्ण निर्णहरु गरेका छन ।

बैठकपछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने, महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । यसअघि महानगरपालिकाका निवार्चित मेयर र उपमेयरले संयुक्त रुपमा लैनचौरको सहिद स्मारक, शान्तिवाटीकाको गणेशमानको शालिक, शोभा भगवतीको मंगलदेवीको स्मारक, चम्पादेबीको पुष्पालाल स्मारक र बल्खुको मदनभण्डारीको सालिक पुष्पगुच्छा चढाएका थिए।