सोमवार, बैशाख १७, २०८१

उपप्रम थापाले दानापानी खाने, दुध अन्तै दिने चरित्र प्रदर्शन गरेको महासचिव भण्डारीको आरोप

प्र .न्या.सुशिला कार्कीमाथि लगाईएको महाअभियोग प्रस्ताव तत्काल खारेज नगरिए कडा आन्दोलन गर्ने  राजसंस्थावादी वृहत राजनीतिक मोर्चाको चेतावनी 

काठमाडौ बैशाख १८,  राजसंस्थावादी वृहत राजनीतिक मोर्चाले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाईएको महाअभियोग प्रस्ताव तत्काल खारेज नगरिए कडा आन्दोल गर्ने चेतावनी दिएको छ । मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएको हो ।  पत्रकार सम्मेलनमा मोर्चा सम्वद्ध लोक कल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले प्रधानन्यायाधीश कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल् खारेज गर्न’ DSC_0028-768x511पर्नेमा  जोड दिदै  प्रमुख राजनीतिक दल र निर्वाचन आयोगले आफुहरूलाई निर्वाचन चिन्ह नदिएकोमा आपत्ति प्रकट गर्दै निर्वाचन बहिष्कार गर्ने जनाउ दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी उपप्रम कमल थापामाथि कटाक्ष गर्दै उपप्रम थापाका पछिल्ला अभिव्यक्ति अन्र्तगत  मेरो पार्टी फुटाउने राजा ज्ञानेन्द्र हुन भन्दै दिदै आएको  अभिव्यक्ति  आफैमा बदनियत भएको  जनाउ दिनु भएको छ ।  

त्यस्तै सम्बोधनको क्रममा महासचिव भण्डारीले राप्रपाको वर्तमान राजनीतिक हैसियत बनाउने राजसंस्थाले जुन योगदान गरेको छ त्यो योगदानलाइ नजरअन्दाज गर्दै राप्रपाका अध्यक्ष समेत रहेका उपप्रम थापाले दानापानी खाने, दुध अन्तै दिने चरित्र प्रदर्शन गरेको भन्दै  महासचिव भण्डारीले भनिन्‘ उपप्रम थापाले राजा, राजसंस्था र धर्म निरपेक्षताको सवालमा जुन बदनियत चरित्र प्रदर्शन गरेको छ त्यो चरित्रको विश्लेषण गर्ने हो भने यस्तो गाइ पाल्नुको औचित्य पुष्ठि हुनु पर्ने  अवस्था सिर्जना भएकोमा उहाँको  जोड  रहेको थियो   ।  साथै उहाँले स्वतन्त्र न्यायापालिकामाथि वर्तमान नेतृत्व पूर्वाग्रही रुपमा खनिएको बताउदै भण्डारीले प्रधानन्यायाधीश कार्कीमाथि लगाईएको महाअभियोग प्रस्ताव तत्काल खारेज गर्न सरकारलाई आग्रह गर्नुको अलावा देश चलाउनको लागि वर्तमान दलहरू असफल भएको आरोप लगाउँदै उहाँले राजसंस्थालाई कुनै न कुनै रुपमा पुर्नस्थापना गर्नुपर्नेमा विश्वहिन्दु महासंघ लागिरहेको स्पष्ट जनाउ समेत दिनु भएको छ ।