आइतवार, बैशाख २३, २०८१

नयाँशक्तिको ५ वर्ष देखि २५ वर्षे योजना सहितको घोषणापत्र सार्वजनिक

काठमाडौ बैशाख १८, पूर्व प्रम डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानीय तहको चुनावका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । Capture1आज पत्रकार सम्मेलन मार्फत अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नयाँ नारासहित नयाँ शक्तिले आज घोषणा गरेको स्थानीय चुनावी घोषणा प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।  त्यस्तै घोषणा पत्रमा आगामी २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना सहित ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता समेत समेटिएको छ ।

त्यस्तैगरि बार्षिक ३ लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु-याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु-याउने सुचाङक सार्वजनिक गरेको छ । मुलत ५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।