शनिबार, बैशाख १५, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिले गरे आफ्नो पदबाट राजीनामा

काठमाडौ वैशाख १७,  माओवादी नेतृत्वको वर्तमान सरकारका प्रमुख सत्ता साझेदार रहेका नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले download (1)आइतबार पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ‘महाअभियोग प्रस्तावप्रति असहमति’ जनाउँदै उपप्रधानमन्त्री निधिले राजीनामा दिएको सम्वद्ध स्रोतले जनाएको छ ।
समाचार स्रोतका अनुसार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता पूर्व पार्टी सभापति शेरबहादुर देउवाले आफुसिंग परामर्शसमेत नगरेको बताएका छन ।