बिहिबार, चैत्र १५, २०८०

सर्वोच्चद्दारा तीन पूर्वप्रहरी प्रमुख क्रमस राणा, गुरुङ्ग र ठकुरी सहित पूर्वप्रहरी अधिकृतलाइ कैद गर्न आदेश

काठमाडौ वैशाख १७, अख्तियारले युएन शान्ति मिसन सुडानमा वन्दोवस्तीका सामानहरुको खरिद गर्दा आर्थिक हानी पुराएको अभियोगमा २०६८ साल जेठ २४ Court_20150619042154गते अख्तितियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर मुद्धाको सुनवाइ गर्दै सर्वोच्च अदालतले सुडानको डार्फरमा पठाइएका प्रहरीलाई चाहिने एपिसी लगायतका सामान खरिदमा घोटाला गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला गरेको छ ।

प्रधानन्यायाधीश शुसीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला गरेको हो ।

प्रस्तुत फैसला अनुसार पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको तयस्तै पूर्व डिआइजी श्यामसिंह थापा र पूर्व अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद ४० हजार जरिवाना र पूर्व अतिरिक्त महानिरीक्षक दीपक कुमार श्रेष्ठ र डिआइजी रवीप्रताव राणालाई ६ महिना कैद र ३० हजार जरिवानाको फैसला सुनाइएको छ।