शनिबार, बैशाख १५, २०८१

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, काठमाडौँमा ५लाख ५७ हजार मतदाता

काठमाडौ वैशाख ३,  काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आज राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।
downloadमुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले आसन्न स्थानीय तहको निर्वाचनको माहौलले मुलुकलाइ छपक्कै छोपिसकेको बताउँदै निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने जानकारी दिनुभएको छ ।

काठमाडौँ जिल्लामा ५ लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता छन् । काठमाडौँमा भएका ३ सय १९ मतदानस्थलमध्ये महानगरमा एक सय ५६ छन् । त्यस्तै काठमाडौँका ७ सय ५४ मतदान केन्द्रमध्ये महानगरमा एक सय ७८ केन्द्र रहेको बताईएको छ ।