बुधबार, बैशाख १२, २०८१

आन्दोलनका कार्यक्रम सार्वजनिक, २७ गतेदेखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द

काठमाडौ वैशाख ३,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै Captureआन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।  मोर्चा र गठबन्धनले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रममा वैशाख ५ देखि ३१ गतेसम्म मसाल जुलुसदेखि आमहडतालसम्मका कार्यक्रम रहेका छन ।

राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा भएको  पत्रकार सम्मेलनमा संयोजक उपेन्द्र यादवले सङ्घीय संरचनालगायत विषय सम्बोधन गरी सर्वप्रथम सङ्घीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनुपर्ने माग गर्दै भन्नुभयो, “प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताउँुनभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

  त्यस्तै आन्दोलन अन्तर्गत वैशाख ९ गते जनकपुर र वीरगञ्ज, भित्री मधेसको उदयपुर, र पहाडको बनेपामा आमसभा त्यस्तै त्यस्तै १० गते मधेसको भैरहवा, भित्री मधेसको बुटवल र पहाडको पाल्पामा आमसभा कार्यक्रम तय गरेको छ भने वैशाख ११ गते मोर्चाले मधेसका नेपालगञ्ज र विर्तामोड र काठमाडौँमा आमसभा राखेको छ ।  वैशाख १२ गते धनगढी, धरान र पोखरामा आमसभा घोषणा गरेको मोर्चाले १३ गते मतदान केन्द्रमा लाठी जुलुसको कार्यक्रम र वैशाख १४ गते जिल्ला सदरमुकामसहित प्रमुख स्थानमा मसाल जुलुसको कार्यक्रम राखेको मोर्चाले १५ गते मधेस, थरुहट र लिम्बुवान बन्दको आह्वान गर्नुको अलावावा उम्मेदवारहरुले मनोनयन गर्ने दिन अर्थात वैशाख १६ गते नेपाल बन्द आह्वान गरेको छ।

त्यस्तैगरि वैशाख १९ गते मतदान केन्द्रमा लाठी जुलुस र वैशाख २६ गते मसाल जुलुस राखेको मोर्चाले वैशाख ३१ गतेको स्थानीय तह निर्वाचन भाँड्न वैशाख २७ गतेदेखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द घोषणा गरेको छ।