शुक्रबार, बैशाख १४, २०८१

मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा भाग नलिने

Captureकाठमाडौ चैत्र ३० , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । मोर्चाको तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले बसेको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने निष्कर्ष सहित यस्तो निर्णय गरेको हो ।

त्यस्तै मोर्चाले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय सहित चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।

बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।