बिहिबार, बैशाख १३, २०८१

बैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्य मन्त्री थापा

काठमाडौं चैत्र ३०, स्वास्थ्य मन्त्री गगनकुमार खड्काले कुनै पनि बहानामा बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले दुई वा gaganदुई भन्दा बढी चरणमा भएपनि निर्वाचन हुने तर बैशाख ३१ गतेको मिति हेरफेर नहुने बताउनुभएको हो ।  उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “आकाश खसेपनि धर्ती फाटेपनि बैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस ।”

उहाँले प्रमुख प्रतिपक्ष नेकपा एमाले र मधेशवादी दलहरुलाई जिम्मेवार ढंगले प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेशवादी दलहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रह समेत गर्नुभयो । समयमा निर्वाचन नभए संविधान असफल हुने र त्यसले मुलुकमा विखण्डनवादी हावी हुने बताउँदै मधेशविना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसदमा दर्ता गरेको जानकारी दिनुभयो । मुलुकमा नक्कली राष्ट्रवाद हावी हुन खोजेको बताउँदै उहाँले एमालेलाई लक्षित गर्दै मधेशलाई नेपाल नदेख्नेहरुले राष्ट्रवादको कुरा गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सांसद रामेश्वर प्रसाद ढुंगेलले संविधान निर्माणको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयनको जिम्मेवारी  नेपाली कांग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जिल्लामा विपक्षीहरुले सरकारी योजनामा निर्माण भएको बाटो खन्ने डोजरमा समेत पार्टीको झण्डा राखेर जनतालाई भ्रमित पार्ने षडयन्त्र गरिरहेको चर्चा गर्दै त्यस्ता गतिविधिबाट सचेत हुन जनतालाई आग्रह गर्नुभयो । उहाँले नौ महिना सरकार बाहिर बस्नुपर्दा एमाले पानी विनाको माछा छटपटाए जसरी छटपटाउन थालेको आरोप समेत लगाउनुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, निवर्तमान सभापति गणेशमान चक्रधर, पूर्वसभापति महेश श्रेष्ठ, मध्यपुर थिमि नगरसमितिका निवर्तमान सभापति अष्टकुमार कवे, मध्यपुर थिमिका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर मुरारीप्रसाद आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. १ सभापति जिवन खत्री, क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीलगायतका नेताहरुले स्थानीय तहको निर्वाचनमा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो ।