शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बस्दै

आसन्न चुनावी छलफल र आईजीपी नियुक्तिका विषयमा पनि छलफल हुने

काठमाडौं चैत २५ , नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बोलाएको छ । काँग्रेसको आज बस्ने संसदीय दल तथा पार्टीका केन्द्रीय congressसमितिको संयुक्त बैठकले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्लाका नेता, पेसागत सङ्घ संंस्थाका प्रतिनिधि, बुद्धिजीवीहरूबाट आएका राय सुझावहरू समेत समेटेर निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदा माथि बैठकमा छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
त्यस्तै प्रस्तुत बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेको कार्य प्रगतिबारे पनि समीक्षा र छलफल समेत गर्दै मन्त्रिपरिषदको बरियता र आईजीपी नियुक्तिका विषयमा पनि छलफल हुने बताईके छ ।