शुक्रबार, चैत्र १६, २०८०

सेतो मच्छिन्द्रनाथको लगनमा , आमा रुखको परिक्रमा गराइने

काठमाडौ चैत्र २४, सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथलाइ आज नगर परिक्रमा गराउँदै लगन टोलमा पु-याइएको छ । मङ्गलबारदेखि सुरु भएको सो रथ IMG_8393sjh_photography_seto machhindranath jatra 073IMG_8175sjh_photography_setomachhindranath jatra 073यात्रा आज हनुमानढोकाबाट लगन लगिएको हो ।

लगन टोलमा रथ पुगे पछि लगनस्थितथ मच्छिन्द्रनाथको आमा रुख परिक्रमा गराइन्छ । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन् ।
यसअघि जात्राको दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा रथ पु-याईएको थियो भने आज सोहि क्षेत्रबाट चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पुृयाईएको थियो ।
त्यस्तै चौथो दिन लगनमा मच्छिन्द्रनाथको आमा रुख परिक्रमा गराइन्छ । पाँचौं दिन लगन, ज्याःबहाल, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ,केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइने प्रचलन रहिआएको छ ।