शनिबार, बैशाख १५, २०८१

स्वर्गद्वारी दर्शनार्थी सवार जिप दुर्घटना, ६ को मृत्यु, ३ गम्भीर घाइते

काठमाडौं चैत्र ११,  काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लापग गएको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।  काठमाडौँबाट स्वर्गद्वारी दर्शनार्थी चढेको उक्त जिप स्वर्गद्वारीभन्दा ३ किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर Captureतल खसेर दुर्घटना भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै चालकसहित ९ जना सवार रहेको यक्त जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको र र तीनजना घाइते पछिल्लो प्राप्त समाचारमा उल्लेख गरिएको छ । घटनामा परी घाइते भएकाको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृत्यु हुने ललितपुरका–१४ तिखीदेवलका दिनेश बस्नेत, दीक्षा बस्नेत , पद्मा बस्नेत दिया बस्नेत त्यस्तैगरि सुनीता श्रेष्ठ र श्रृष्टि खत्री रहेको जनाएको छ भने  घाइते हुनेमा सवारीचालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल रहेको थाहा भएको छ ।