शनिबार, बैशाख १५, २०८१

पिताजीको स्मृतिमा शुभेक्षालाई डाइलाइसिस मेशिन हस्तान्तरण

काठमाडौ चैत्र १७,  राजधानीको   सितापाइलास्थित शुभेक्षा अस्पताललाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सहयोग स्वरुप दुईवटा डाइलाइसिस मेसिन डाइलाइसिस मेशिनउपलब्ध गराईएको छ । आफ्नो पिताजी दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा सुपुत्रत्रय राजुबाबु श्रेष्ठ , रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले ती मेसिन उपलब्ध गराउँनु भएको हो ।
मुलुकमा पहिलो केबलकारको परिकल्पना र  सोको स्थापना गर्ने उद्योगी स्व:लक्ष्मणबाबुले चितवन कोर्इ कम्पनीमार्फत मुलुकको विकास निर्माणमा महत्वपूर्ण योगदान गर्दै आउँनु भएको थियो । यसैक्रममा उहाँका सुपुत्रत्रयले पिताजीको मार्गलाइ अखितयार गर्द शुभेक्षा अस्पताललाइ २६ लाख पर्ने दुईवटा डाइलाइसिस मेसिन मेसिन उपलब्ध गराउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।