शनिबार, बैशाख १५, २०८१

म्यादी प्रहरीका लागि माग सङ्ख्याभन्दा दोब्बर आवेदन दर्ता

myadi-police-chunab-625x405काठमाडौ चैत्र १८ ,  स्थायी तहको निर्वाचन प्रयोजनका लागि आव्हान गरिएको म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन दर्ता भएको छ ।

नेपाल प्रहरीको मख्यालयले आगामी बैशाख ३१ गते सम्मपन्न हुने स्थायी तहको निर्वाचनलाइ दृष्टिगत गर्दै गत चैत ११ देखि १७ गते सम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेके हो । तर निर्धारित मितिमा १ लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी मख्यालयले जनाएको छ ।

प्रहरी मुख्यालयका प्रवक्ता सर्वेन्द्र खनालका अनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जानकारी दिनु भएको छ ।