सोमवार, बैशाख १७, २०८१

पाहुँना पर्व अर्थात पाहाँचह्रे  सम्पन्न

काठमाडौं चैत्र १६, काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित _MG_5323 _MG_5325 _MG_5330 _MG_5339 _MG_5351 _MG_5443 _MG_5445 _MG_5453 _MG_5477 _MG_5483 _MG_5500 _MG_5529 _MG_5530 _MG_5533हर्षोल्लासपूर्वक असन चोकमा खट जुधाएसंगै मंगलवारबाट सम्पन्न भएको छ । ३ दिनसम्म मनाइने प्रस्तुत पर्व चन्द्रमास अनुसारको १४औं दिन भएकाले पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ ।

यसक्रममा शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ । यसवीचमा त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।