बिहिबार, बैशाख १३, २०८१

डा.लोहनीको नयाँ पार्टीको आज विधिवत घोषणा हुँदै

Dr-Prakash-chandra-lohaniकाठमाडौं चैत्र १६, राप्रपाको एकता महाधिवेशन लगत्तै पार्टी परित्याग गरेको राप्रका नेता डा।.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ ।
नेता लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेको हो । सम्वद्ध स्रोतका अनुसार आज घोषणा गरिने एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी समेत भएको थाहा भएको छ । त्यस्तै एकीकृत राप्रपा राष्ट्रवादीले चुनाव चिन्ह हलोलाई निरन्तरता दिने पनि जनाएको छ ।