शुक्रबार, चैत्र १६, २०८०

रत्नराज्य क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

काठमाडौं चैत्र १६,  प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा मंगलवार भएको स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको _MG_5366 _MG_5369 _MG_5376 _MG_5381 _MG_5385 _MG_5388प्यानल निर्वाचित भएको छ ।  निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।  बिहान ८ देखि साँझ ५ बजेसम्म भएको उक्त निर्वाचनमा कुल मतदाता ३ हजार ५८१ मध्ये १ हजार २सय७६ मतदाताले मतदान गरेको थियो ।

मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा निर्वाचित भएको हो भने प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमवहादुर साउदले ३६७ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।