शनिबार, बैशाख १५, २०८१

आयोगले बुझायो सरकारलाई स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन

काठमाडौ फागुन ३०, स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई गाउँपालिका तथा नगरपालिकाको विशेष, संरक्षित र स्वायत्त क्षेत्रसम्बन्धी प्रतिवेदन बुझाएको Captureछ ।  आज प्रम पुष्पकमल दाहालको उपस्थितिमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई आयोगका अध्यक्ष बालानन्द पौडेलले बुझाएको हो ।
आयोगले यसअघि पुस २२ मा गाउँपालिका तथा नगरपालिकाको संख्या सरकारलाई बुझाएको थियो भने सरकारले स्थानीय तहको संख्या फागुन २७ गते आयोगको प्रतिवेदनलाई सरकारी कार्यदलले परिमार्जन गरी निर्माण गरिएको ७ सय ४४ वटा स्थानीय तहको नाम र सीमाना सरकारले नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ ।