बुधबार, बैशाख १२, २०८१

नृत्य गुरु थापालाई सम्मान गरिने

IMG_7345sjh_photography_bhairab_samman[1]काठमाडौं चैत्र २, नृत्य निर्देशक संघ नेपालद्वारा आगामी चैत्र १० गते नृत्य गुरुवा श्री भैरवबहादुर थापालाई सम्मान गरिने भएको छ । ८५ वर्ष उमेर पुगिसकेका उहाँले पहिलो नेपाली चलचित्र मनको बाँध र २५ बसन्तमा नृत्य निर्देशन गरिसक्नु भएको छ ।

वि.सं. २०१० साल फागुन १० गते भैरव नृत्य दलको स्थापना गरे पश्चात उहाँले नृत्य र कलालाई आजसम्म विभिन्न किसिमले योगदान दिंदै आइरहनु भएको छ । नटराज उपाधि, जनकविकेशरी केशरी सावित्री थापा पुरस्कार, भुपालमान सिं कार्की प्रज्ञा पुरस्कार, उत्तम शान्ति पुरस्कार लगायत दर्जानौं पुरस्कार र उपाधिबाट विभुषित उहाँलाई सम्मान गर्न पाउँदा नृत्य निर्देशक संघ नेपाल गौरवान्वित महशुस भएको संघका अध्यक्ष भुवनदास श्रेष्ठले जाकारी दिनभएको छ ।