शनिबार, बैशाख १५, २०८१

आयोगद्दारा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी

काठमाडौ फागुन १८,  निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको मंगलवार बसेको पदाधिकारीको बैठकले आसन्न वैशाख ३१ गतेको लागि प्रस्ताव सहित मिति तय गरिएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न Full page photoनिर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको छ ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

 आचारसंहिताको पूर्णपाठको लागि यहाँ क्लिक गर्नु होला।