शनिबार, बैशाख १५, २०८१

अन्तत, बाथ रोगका विज्ञ डाक्टर गुप्ताले पाए सफाइ

काठमाडौं फागुन १९, बाथ रोगका ख्याती प्राप्त वरिष्ठ विज्ञ चिकित्सक डा.अरुण गुप्ताले सफाइ प्राप्त गरेका छन । काठमाडौं जिल्ला अदालतमा विगत ९ महिना अघि देखि विचाराधिन सरकारवादी  मुद्धा अन्र्तगत  नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सेवा प्रवाह गरेको अभियोग  सहितको मुद्धाको आज अन्तिम फैसला गर्दै न्यायाधिस कृष्णराम कोइरालाको इजलासले उहाँलाइ सफाइ दिएको हो ।

यअअघि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नगरी मानीसको स्वास्थ सेवामा खेलवाद गर्ने जस्तो जघन्य अपराध गरेको  अभियोगमा गत आषाढ ३ गते छापामार शैलीमा   पक्राउ गरिएका एक दर्जन चिकित्सकहरुमध्ये अनुसन्धान ब्युरोको टोलीले डा.गुप्ताको बढ्दो ख्यातीबाट अत्तालिएका केहि बदनियत चरित्रका व्यक्तिको सुराकीको आधारमा निर्दोष तथा निष्कलङक चरित्रका व्यक्तित्व डा.गुप्तालाइ कार्यस्थलबाट पक्राउ गर्दै मानसिकरुपमा प्रताडित बनाएको थियो ।

थुनछेकबहस देखि अदालती कारवाही सम्मको अवस्थामा उहाँ विरुद्ध लगाइएको अभियोगपत्र अनुरुप कुनै पनि माग दावी सरोकारवाला निकायले प्रमाणित गर्न नसके पछि अन्नत उहाँविरुद्ध लगाईएको सवै अभियोग खारेज गर्दै नागरिकको सम्मान पूर्व बाँच्न पाउँने अधिकारको समेत रक्षा गर्दै जिल्ला अदालत काठमाडौंले

उहाँलाइ सफाइ दिएको हो ।

FullSizeRender_1[1]FullSizeRender[1] IMG_8151[1] IMG_8540[1] डा.गुप्ताको सवालमा  उहाँले सन 17091192_751244828374411_1506148365_o 17093085_751244188374475_1845803935_o१९८६-८८ मा चिकित्सकिय सेवा सुभारम्भको प्रस्थानविन्दु सुरु गर्दै एलएस कलेज मजफरपुरबाट आएसी त्यस्तैगरि १९८९मा सोहि कलेजबाट बिएस्सी र एम.वि.वि.एस रस्साबाट त्यस्तैगरि बंगलादेशको BSMMU  कलेजबाट MD . लखनउको  SJPJIMS कलेजबाट बाथ रोग सम्बन्धी विषय विज्ञता हाँसिल गर्नु भएको प्रमाणिक कागजात पेश गरेपछि अदालते उहाँलाइ पूर्वाग्रहीरुपमा पक्राउ गरेको ठहर गर्दै आज भविष्यमा थप सेवाग्राहीलाइ सेवा विस्तार गर्न शुभकामना सहित सफाइ दिएको उहाँले जानकारी दिएको छ ।