शुक्रबार, बैशाख १४, २०८१

अबको विकल्प भनेकै राजसंस्था होः ज्यो  सुवेदी (भिडियो सहित)

काठमाडौं चैत्र २,  ज्योतिषाचार्य दीपक गुरुले अबको विकल्प भनेकै राजसंस्थाको पुनस्र्थापना भएको बताउनु भएको छ । उहाँका अनुसार गणतान्त्रिक संविधान कार्यान्वयन हुन नसक्ने ग्रह परेको छ । बेलाबखतमा अनौठा भविष्यवाणी गरेर चर्चामा आउने गर्नुभएका उहाँले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आमसर्वसाधारणको ध्यानाकर्षण गर्नुभएको छ ।

नयाँ वर्ष २०७४ को सन्दर्भमा नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभिको लागि दिनुभएको अन्तर्वार्तामा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो । देशमा अझै केही कठिनाई आइपर्नसक्ने उहाँले संकेत गर्नु भएको छ । नेपालको नयाँ संविधान घोषणा कालमा निकै नराम्रो ग्रह भएको हुनाले सो संवि���ान कार्यान्वयन हुन नसक्ने उहाँको दाबी छ । सोही कारणले गर्दा संविधानलाई आधारमानेर गरिने कार्यहरू प्रभावित हुने उहाँको भनाई छ । संविधान घोषणा हुँदाको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्ने र अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ । तसर्थ हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तो गरी शेभलेण्डिङ्ग गराउनु हुन्छ भन्नेमा विश्वास गरौं । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गरौं र सकारात्मक भावनाले राम्रो होस भन्ने कामना गरौं, अन्तर्वाताको क्रममा ज्यो.गुरु दीपक सुवेदीले भन्नु भएको छ ।

उहाँका धेरै भविष्यवाणी पुग्ने गरेको बताइएको छ । यस्ता भविष्यवाणी सञ्चारको माध्यमबाटै उहाँले सार्वजनिक गर्ने गर्नुभएको अभिलेखहरु पनि छन् । उहाँले २०७३ सालको शुरुको दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको बताएपछि प्रचण्डले पार्टीको नाम फेरेको र फलस्वरुप तेस्रो नं.मा रहेको पार्टी भएपनि उहाँ प्रधानमन्त्री बन्नसफल भएको चर्चा पनि छ । ज्यो. सुवेदीले राजा वीरेन्द्रको मृत्युको बारेमा पनि २०५८ सालमा दिव्यज्ञान पत्रिकामा लेख्नु भएको थियो । राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिम हुने समयमा पनि त्यसरी भविष्यवाणी गरेकोमा उहाँको सानै उमेरमा प्रख्याति बढेको थियो । त्यसो त संविधान घोषणा भएपछि पनि पटकपटक उहाँले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्रमा आउने गरेका छन् ।

ज्यो. सुवेदीको युट्युबमा अपलोड भएको अन्तर्वार्ताको भिडियो लिंक