शनिबार, बैशाख १५, २०८१

०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न मन्त्रिपरिषदको निर्णय

काठमाडौं फागुण ९ , सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नेगरि मिति तोकेको छ ।  यसअघि आजै pm-office-11012017102857-600x0पहिलो पल्ट बसेको बैठकले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा राजनैतीक भागबण्डाकका आधारमा राजदूतहरुको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो  ।

त्यसपछि दोस्रो बैठकमा प्रधानमन्त्री तथा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसहित आयोगका पदाधिकारीसँग निर्वाचनको मिति तोक्न विशेष परामर्श गरेको थियो । परामर्शको क्रममा आयोगका प्रमुख आयुक्त सहितका टोलीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको थियो । त्यस लगत्तै फेरि बसेको  मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३१ गते निर्वाचन गर्ने गरि मिति ताकेको हो ।