शुक्रबार, बैशाख १४, २०८१

राप्रपाको अध्यक्षमा थापा निर्विरोध

काठमाडौ फागुन ५ , शुक्रवारबाट राजधानीमा सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशन सम्पन्न नहुँदै पार्टीको अध्यक्षमा कमल थापालाई निर्विरोध निर्वाचित भएका छन । अध्यक्षका दावेदार मानिएका अन्य तीन नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा। प्रकाहचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द र पशुपतिशमशेर राणा 629579089सर्वसम्मत रुपमै थापालाई अध्यक्ष बनाउन तयार भएपछि थापा निर्वार्चित हने भएको हो ।

बुधवार राप्रपा मुख्यालयद्दारा जारी विज्ञप्तिमा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको उल्लेख गर्दै एकता महाधिवेशनको मर्मलाई आत्मासा तगर्दै पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभ चिन्तकको चाहना र भावनालाई सम्मान गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्नका लागि प्रस्तुत निर्णय गरिएको जनाएको छ ।