शनिबार, बैशाख ८, २०८१

सिन्धुलीगढी पुस्तक’ बजारमा

काठमाडौं फागुन ४ , तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याएका छन् । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्बजनिक गरे ।
पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित ३ वटा खास कुराहरुलाई उजागर गरेकोछ । पहिलो कुरा सिन्धुलीगढी क्षेत्रको वैदिककालिन अस्तित्व र धार्मिक महत्व । 7 10सिन्धुलीगढी क्षेत्र वरपर रहेको धार्मिक तथा पुरातात्विक महत्वका दुर्लभ सन्दर्भहरु पुस्तकमा प्रस्तुत गरिएकोछ ।

राजा जनकको दरवारका विप्र याज्ञवल्क्यको तपोभुमी तथा शिद्घि प्राप्त गरेको सन्दर्भ तथा नेपाल एकीकरणको संगिन घडिमा सिन्धुलीगढी क्षेत्रमा पृथ्वीनारायण शाहले निर्माण गरेको भद्रकाली मन्दिरको सन्दर्भहरु पुस्तकमा समेटिएका छन् । पुस्तकमा सिन्धुलीगढीको सामरिक र आर्थिक महत्वको सन्दर्भहरुको साँच्चै जिवन्त प्रस्तुतिकरण छ । सिन्धुलीगढी क्षेत्रमा मल्लकालिन समयदेखि नै भन्सारचौकी भएको र यसको आर्थिक महत्वको कारणमा विभिन्न कालखण्डका शासकहरुविच भएको संघर्षले नेपालको इतिहासलाई स्वर्णिम पाना प्रदान गरेको आभास हुन्छ । पुस्तकमा नेपालको एकिकरणमा बाधा अड्चन पुर्याउने अभियानमा आएका अंग्रेजी फौजसँगको गोर्खालीहरुको यूद्घको विस्तृत विवरण उपलब्ध छ ।

नेपालको इतिहासमा समेटिन नसकेका सिन्धुलीगढीको लडाईका दुर्लभ सन्दर्भहरु यो पुस्तकमा समावेश भएको छ । लेखकले सिन्धुलीगढीको यूद्घ भएको तिथिमितिलाई एकिन गरेर विजय दिवसको दिन पत्तो गर्न सफल भएकाछन् । नेपालक एकीकरण पश्चातका समयमा पनि सिन्धुलीगढी क्षेत्र शासकहरुको आँखामा परिरहेको सन्दर्भ पुस्तकमा उल्लेख छ । भिमसेन थापाको समयमा भएको नेपाल अंग्रेज युद्घमा यो गढीबाट अंग्रेजले काठमाण्डौ जाने चेस्टा समेत गरेका रहेनछन् कारण यसको दुर्भेद्यता,दुरुहत र आधा सताब्दी अगाडि यही गढीमा खाएको चोट विर्सिसकेका रहेनछन् । यो कुरा पुस्तकमा प्रस्ट पार्ने प्रयास गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।