शनिबार, बैशाख १५, २०८१

राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशी सहित ६ जनाद्वारा पार्टी परित्याग

बिर्तामोड फागुन ५, राप्रपा नेपालका पूर्व केन्द्रीय सदस्यसहित छ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य press (1)टेकनारायण राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गर्ने राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै, कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् भने पाण्डे क्षेत्र नं। १ का क्षेत्रीय सदस्य र पोखरेल राजगढ पूर्व गाउँ समिति अध्यक्ष हुन् । पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री समेत रहेका राजवंशी सहित छ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।  विज्ञप्तिमा लामो समयसम्म आफूहरु राष्ट्र, राष्ट्रिय र स्वाधिनताको पक्षमा काम गर्दै आए पनि पार्टीको भावना नीति विपरित काम अघि बढेको भन्दै आफूहरुले राजीनामा दिएको उल्लेख छ ।