शुक्रबार, बैशाख १४, २०८१

स्ववियु निर्वाचन गर्न नेविसङ्घको माग

काठमाडौ माघ ६,  नेपाल विद्यार्थी सङ्घले आगामी फागुन १४ गते कुनै पनि हालतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । नेविसङ्घ केन्द्रीय 4समितिको निर्णय सार्वजनिक गर्न बुधवार आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने माग जिकिर गर्दै विश्वविद्यालय सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्न गरेको निर्णयको स्वागत गर्नु भएको छ ।

साथै सङ्घले स्ववियु निर्वाचनको तयारीका लागि अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ गठन गरेको जानकारी दिदै मुलुकका राजनीतिक परिवेशलाई मध्यनजर गर्दै मिश्रित निर्वाचन प्रणालीमा सहमत रहेको जनाएको छ ।