मङ्लबार, चैत्र ६, २०८०

आजदेखि  राजधानीमा क्यान इन्फोटेक’ मेला सुरु

काठमाडौ माघ १३,n राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको क्षेत्रमा भएको पछिल्लो विकास क्रमका सवालमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्दारा आयोजित ‘सुविसु क्यान इन्फोटेक– मेलाको आजदेखि सुरु भएको छ ।  आगामी माघ १८ गतेसम्म चल्ने प्रस्तुत मेलाको Anup_20170126_1 Anup_20170126_2 Anup_20170126_3 Anup_20170126_4 Anup_20170126_5 Anup_20170126_6 Anup_20170126_7 Anup_20170126_8 Anup_20170126_10आज विधिवतरुपमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्दै राज्य विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको जनाउ दिनु भएको थियो ।  प्रस्तुत मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् ।

त्यस्तै क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिदै मेलाको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने महासङ्घका महासचिव विश्वराम बलामीले मेला अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु १ सय र विद्यार्थीलाई रु ५० तोकिएको जानकारी दिदै मेलामा अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने जानकारी दिनु भएको छ ।