सोमवार, बैशाख १७, २०८१

राज्यले तत्काल व्यवाहारिक शिक्षा नीति लागू गर्नु पर्नेमा महासचिव भण्डारीको जोड

काठमाडौ मार्ग ८, भगवान सत्य साई बाबाको ९१ औ जन्मदिनको अवसर पारेर सत्य साई स्कुलले आफ्नो अभिभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि anup_20161123_1 anup_20161123_2 anup_20161123_3 anup_20161123_5 anup_20161123_6मनाएका छन । कार्यक्रममा प्रमुख अतिथि बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिब अस्मिता भण्डारीले मुलुकमा अब्यवहारिक शिक्षाका कारण भविष्यका कर्णधार युवाहरु वेरोजगारिका कारण बिदेशीने गरेको हुदा राज्यले तत्काल व्यवाहारिक शिक्षा नीति लागू गर्नु पर्नेमा उहाले जोड दिनुको अलावा यो वा त्यो वहानामा मुलुकको राजनितीक अस्थिरताको सिकार शैक्षिक क्षेत्रलाइ बनाइने गरेका कारण वालवालिकाको शैक्षिक भविष्यमा कालो वादल मदारिदै आएको बताउँनु भएको छ ।
त्यस्तै उहँले अध्यात्म र समयानुकुल आधुनिक शिक्षाको माध्यमबाट मुलुकको सर्वाङ्गिण बिकासमा योगदान गर्ने जन शक्ति निर्माणमा जुटेको सत्य साई स्कुलले सुभारम्भ गरेको शैक्षिक जागरणको प्रशंसा गर्दै पाठ्यक्रम समेतमा अध्यात्मिकतालाइ समेट् सके मानवलाई नैतिक र क्षमतावान वनाउनेछ भन्ने धारणा बताउँनु भएको राख्नु भयो ।  स्कुलका प्रिन्सिपल अन्जु कोईरालाको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा बिध्यालक बिद्यार्थीहरुद्वारा रचनात्मक प्रस्तुतिहरु प्रदर्शन गरिएको थियोे ।