सोमवार, बैशाख १७, २०८१

लैङ्गिक समानता र संवेदनशीलताको तत्काल सम्बोधनको लागि रणनितिक योजना बनाउँदै

काठमाडौ मार्ग ८, बिपद् र बिपद्पछिको अवस्थामा लैंगिक दृष्टिकोणबाट कार्य गर्नका लागि गठित महिला समूहले लैङ्गिक समानता, संवेदनशीलता साथै 15135609_10205610647704212_628249759_n 15151410_10205610647304202_1145386316_n 15209170_10205610647424205_1815588384_n 15218756_10205610647264201_1480510827_nमहिलाका विशेष व्यावहारिक एवं रणनितिक आवश्यकताहरुलाई सम्बोधन गर्नका लागि साझा मागपत्र तयार गरि विभिन्न सरोकारवाला निकायहरुलाई पेश गरेको जनाएको छ ।  बिसं २०७२ साल बैशाख १७ गते अस्तित्वमा आएको यस समूहले आज राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै मुलकमा एक्कासी आएको महाभूकम्प लगायतका बिपद् पछि भइरहेको आपतकालीन उद्धारको बिश्लेषणका क्रममा महिलाका फरक अवस्था, आवश्यकता र तिनलाई सम्बोधन गर्दा ख्याल गर्नु पर्ने कुराहरुका बारेमा सरकारलाई जानकारी दिने लक्ष्य अनुरुप यस किसिमको अभियान सुरु गरेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा आपतकालीन अवस्था, पुर्नस्थापना तथा पुनर्निर्माणमा यस समूहले सामुहिक रुपमा तथा आफ्ना संस्थाको तर्फबाट विभिन्न कार्यहरु गरिरहेको जानकारी दिदै विपदमा परेका वा पर्न सक्ने महिलाहरुका लागि आगामी दिनहरु अझ सशक्त रुपमा अगाडी बढ्नका लागि रणनितिक योजना तयार गर्दै गरेको बिपद् र बिपद्पछिको अवस्थामा लैंगिक दृष्टिकोणबाट कार्य गर्नका लागि अडान पत्र तयार गरेको जनाएको छ ।   यसरी तयार गरिएको अडान पत्रमा विपद्का बेलामा र विपद् पश्चात गरिएका महिलामैत्री तथा लैङ्गिक संवेदनशील कार्यहरु सम्बन्धित उपलब्धि, चुनौती तथा सिकाईहरुलाई अभिलेख गरी आगामी दिनहरुमा गरिने सम्पूर्ण विपद् व्यवस्थापन तथा पूर्वतयारीहरुलाई महिलामैत्री दिृष्टिकोणबाट व्याख्या गरिनुको अलावा आगामी नोभेम्बर २८ देखि ३० सम्म महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्दारा आयोजना गर्न लागिएको दक्षिण एसियाली क्षेत्रीय परामर्श कार्यक्रममा विभिन्न दक्षिण एसियाली देशहरुका प्रतिनिधि समक्ष प्रस्तुत गरिने बताएको छ ।

साथै समूहले बिपद् व्यवस्थापन तथा पूर्वतयारी संग सम्बन्धित विभिन्न निति तथा कानुनहरुलाई लैङ्गिक मैत्री बनाउनका लागि आवश्यक पहल कदमी लिदै तत्कालको परिस्थितिलाई सम्बोधन गर्दै मुलत लैङ्गिक समानता, संवेदनशीलता साथै महिलाका विशेष व्यावहारिक एवं नेतृत्व, खाद्य सुरक्षा, आश्रय र दिगो जीविकोपार्जन, महिला बालकालिका विरुद्धको हिंसा निवारण र महिलाका लागि विशेष कार्यक्रमहरुसंग सम्बन्धित रहदै क्रियाशिल समूहमा  महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु क्रमस होम नेट साउथ एसिया, साथी, बियोण्ड बेइजिङ्ग कमिटी, जागरण नेपाल, महिला, कानून र बिकास मञ्च, मिडिया एड्भोकेसी ग्रुप , दलित महिला संघ र एकल महिला समूह नेपालको संलग्नता रहेको मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष वविता बस्नेतले जानकारी दिनु भएको छ ।