आइतवार, बैशाख १६, २०८१

सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक भट्टराई विरुद्ध मुद्दा दायर

काठमाडौ मार्ग ७, सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ९१ लाख anup_20160320_98३६ हजार ८८१ बराबरको भ्रष्टाचारको अभियोग सहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्त्मिा भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले भट्टराईको श्रीमती भावना गौतम भट्टराईलाई समेत प्रतिवादी कायम गरी बिगोबमोजिम जरिवानासमेत असुल उपर गरी पाउँ भनी माग गर्दै आज विशेष अदालत काठमाडौमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।