शनिबार, बैशाख १५, २०८१

राष्ट्रहित विपरीतको संशोधनका किमार्थ मान्य नहुने

काठमाडौ मार्ग  ७,  युवा सङ्घ नेपाल र अनेरास्ववियुले आज संयुक्त रूपमा पत्रकार सम्मेलन मार्फत नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नु भन्दा विदेशीलाई रिझाउन सत्ताधारीदल संशोधनको प्रयासमा लागेको जनाउ दिदै राष्ट्र हित विपरीतको संशोधनका किमार्थ मान्य नहुने बताएका छन ।

त्यस्तै अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संशोधनको औचित्य प्रष्ट नगरि गरिने संशोधन केका लागि हो भन्ने प्रश्न गर्न भएको थियो । त्यस्तै पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न परिपञ्च हुँदै गरेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।