आइतवार, बैशाख १६, २०८१

स्वास्थ्यमन्त्रीको पहिलो तलब कोषलाई

काठमाडौ मार्ग ७,  स्वास्थ्य मन्त्रालयको पदभार जिम्मेवारी वहन गरेलगत्तै अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुग्नुभएका anup_20161109_21स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिनुभएको छ ।

मन्त्री थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गर्नुभएको थियो । सोही अनुरूप उहाँले सोमबार रकम हस्तान्तरण गर्नुभएको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।
अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिनुभएको थियो ।