शनिबार, बैशाख १५, २०८१

वैदेशिक रोजगारमा विमा सम्बन्धी नयाँ नीति र व्यवस्थाको नेपाली साझा मंञ्चद्दारा स्वागत

काठमाडौ माघ १२,  वैदेशिक रोजगारमा रहेका र जाने नेपालीहरु र उनीहरुको परिवारको हितमा प्रधानमन्त्री प्रचण्डले मंगलवार पत्रकार सम्मेलनमार्फत गर्नु भएको सम्बोधन एवम् विमा सम्बन्धी नयाँ नीति र व्यवस्थाको घोषणाको प्रवासी नेपालीहरुका तर्फबाट नेपाली साझा मंञ्चले स्वागत गरेका छ ।

Nepali Sajha Mncha Press Release copyत्यस्तै मञ्चद्दारा जारी विज्ञप्तिमा प्रम प्रचण्डको उक्त घोषणामा उल्लेख भएअनुसार १५ प्रकारका घातक रोगका रोगीहरुलाई पनि विमा सुविधामा समावेश गरिएकाले परिवारले बोझका रुपमा उनीहरुलाई हेर्ने र रोगी स्वयंले आफूलाई हेयका रुपमा हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । त्यसैगरी वैदेशिक रोजगारका क्रममा मृत्यु भएमा परिवारले २७ लाख रुपैयाँसम्म पाउने व्यवस्थाले अभिभावकत्व विहीन भएका अवस्था पनि परिवारको भरणपोषणमा त्यस विमा रकमले महत्वपूर्ण सहयोग पुग्ने भएको छ । वैदेशिक रोजगारमा रहेकाहरुको सम्झौता अवधि समाप्त भएको एक वर्षसम्म मान्य हुने प्रावधानले सहजता र मानसिक तनावबाट मुक्त गराएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्त्मिा विदेशमा जेल सजाय भोगी रहेका र विमारी भएकाहरुको हकमा सरकार आफैले विमा रकम व्यहोरिदिने सरकारको नीति बाट राहतका साथै जेल र अस्पतालमा रहेका नेपालीहरुको वास्तविक तथ्यांक समेत संकलन हुने जिकिर गर्दै खाडी मुुलुकमा कालगतिले मृत्यु हुनेहरुको परिवारलाई ठूलो राहत पाउन पुग्ने छ  भन्दै कोरिया ईजरायल लगायतका मुलुकमा रोजगारका लागि जानेहरुका लागि श्रमस्वीकृति शुल्क फरक गर्ने नीति ल्याउने सोच यर्थाथपरक हुनको अलावा भारतमा रोजगारमा जाने नेपालीहरुलाई पनि श्रमस्वीकृति र विमाको दायरामा ल्याउने नीतिमा दूरदृष्टीता भएको जिकिर गरिएको छ ।