बिहिबार, चैत्र १५, २०८०

स्थानीय तहको निर्वाचन: कार्यकारी पदमा एक महिला उम्मेदवार अनिवार्य

काठमाडौ माघ १२,  संसद्को राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकमा स्थानीय तहको मुख्य दुई कार्यकारी पदमा उम्मेदवारी दिने दलले कम्तीमा एक महिला उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गर्ने सहमति कायम गरेसंगै स्थानीय तहको निर्वाचनमा जिल्ला सभाका प्रमुख sambidhan-sabha-bhawan1111र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भएको छ । समितिको मंगलवार बसेको बैटकमा स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकको दफावार छलफल गर्दै राजनीतिमा महिला सहभागिता सुनिश्चित गर्ने यस्तो सहमति कायम गरिएको हो ।
उपसमितिले कायम गरेको यो सहमति संसद बैठकबाट अनुमोदित भएपछि बन्ने निर्वाचन ऐन अन्र्तगत अव राजनीतिक दलहरूले स्थानीय तहको कार्यकारी पदमा कम्तीमा ७ सय १९ महिला उम्मेदवार खडा गर्नेपर्ने हुन्छ ।